रमेश कार्की

चितवन । चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी रामेश्वर कार्की काठमाडौ सरुवा हुने भएको छ । भरतपुर महानगरले  जिप्रकाका प्रमुखलाई स्वागत र बिदाई कार्यक्रम गर्ने क्रममा आज महानगरका प्रमुख रेनु दाहालद्वारा उनलाई बिदाई गरेका छन् । बिदाईको अवसरमा एसपी कार्कीले चितवन जिल्ला प्रहरी कार्यलयमा एक वर्षको कार्यकालमा कुनै पनि राजनीतिक दलको दबाब नआएको र सबै जनप्रतिनिधिहरुबाट विभिन्न ढङ्गले सहयोग भएको बताएका छन् ।

उनले सबै दलका प्रतिनिधि र संघ संगठनका प्रमुखहरु सङ्ग सहकार्य गरेर जनताको सेवा गरी राम्रो सग कार्यकाल समाप्त भएको भनेर अभिव्यक्ति दिएका छन् । एसपी कार्कीले भरतपुर महनगरका प्रमुख राजनीतिक बिषयमा भन्दा केवल बिकास निर्माणका कार्यमा अग्रसर भएको र एउटा हुटहुट्टी बोकेर हिनेको देख्दा उहाँको बारे प्रसंशा गरेर नसकिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय