रमेश कार्की 
चितवन । चितवन जिल्ला भरतपुर महनगरपालिकामा पहिलो पल्ट अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । २०८० फागुन १२ गते स्मल हेवन मोडल स्कुलले अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सप्पन्न गरेको हो । भरतपुर महनगरपालिका मै पहिलो पटक अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा २१ वटा स्कुलहरुले सहभागिता जनाएको थियो । जसमा १६८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यसैगरी १९ अङ्क ल्याएर भरतपुर-३ कमलनगरमा अबस्थित भृकुटी इङ्लिस बोर्डिङ्ग स्कुल प्रथम,१६ अङ्क ल्याएर आयोजक स्मल हेवन मोर्डन स्कुल दितृय र १४ अङ्क ल्याएर भरतपुर-११ मा अबस्थित ज्ञानदर्शन इङ्लिस बोर्डिङ्ग तृतीय भएको छ ।”मार्सल आर्ट तेक्वान्दो खेललाई ग्रासरुट लेभल देखि बिकास गर्न हरेक स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई नै खेलकुद शिक्षा दिन मार्सल आर्टको लागि प्रोत्साहन दिएपछि मात्र भोलि राष्ट्रलाई नेतृत्व गर्न सक्ने खेलाडी उत्पादन गर्न सकिनेछ भनेर आयोजक स्मल हेवन मोर्डन स्कुलका अध्यापक बिमल क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय