रमेश कार्की 

चितवन । फागुन १८ गते भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री प्रचण्डद्वारा हुने भएको छ । भरतपुर भ्रमण बर्षमा करिव ५० हजार मानिसहरु सहभागी हुने सो समारोहका लागि मञ्च निर्माणको काम धमाधम भईरहेको छ । उद्घाटन समारोहसँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, राजु परियार, समीक्षा अधिकारी, एलिना चौहान, बिन्दु परियार, रितु कँडेलले साँस्कृतिक प्रस्तुति दिनेछन् ।

फागुन १८ गतेको समारोह अघि बिहान ११ बजे भरतपुरका सबै वडाहरुले नेतृत्व गर्दै झाँकी, बाजागाजा, आदिबासी जनजातिहरुको भेषभुषा सहितको र्याली निकालिने छ । उत्कृष्ट हुने वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ । यसैबीच शनिबार मात्रै भरतपुर भ्रमण बर्षको मूल समारोह समितिको बैठक समेत बसेकाे छ । बैठकमा सहभागीहरुले भरतपुर भ्रमण बर्षले भरतपुरसँगै सिङ्गै चितवनको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने भएकोले सबै चितवनबासीलाई सहभागी हुन आग्रह गरेका छन् ।

भरतपुरले मुख्य ७ र अन्य गरि २१ वटा गन्तव्यको पहिचान गरि व्यापक प्रचारप्रसार गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, मेघौली, गोलाघाट, जगतपुर, पटिहानी, विसहजार, बाटुलीपोखरी, ज्ञानेश्वर व्लक, नारायणी र राप्ती नदि, धनगढा मन्दिर, राईनो ताल, कविलासगढी आदी भरतपुरका मुख्य पर्यटकीय गन्तव्यहरु हुन् । भरतपुरका सानाठूला होटलमा गरी करिव ७ हजार वेडहरु रहेको  होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय