✍अर्जुन सिंह अनुरागी 

आफ्नै नजिक ठानेर रिन दिएको हुँ तिमिले बुझेनौ
बिष हैन त्यो अमृत भनेर पिएको हुँ तिमिले बुझेनौ !!

लिने बेला हात पाउ जोडेको अहिले पनि याद छ
गुहार माग्दा च्यात्तिएको मन सिएको हुँ तिमिले बुझेनौ !!

लिन जान्नेहरुले दिन कहिल्यै जानेनन् बुझेर आज
सापटीको कुरा सुन्दा परै उभिएको हुँ तिमिले बुझेनौ !!

हेर्नुस् म कहिल्यै पनि कसैमाथी नरिसाउने मान्छे
आज मात्र पहिलो चोटि जङ्गिएको हुँ तिमीले बुझेनौ !!

सरल भाषामा अन्याय भयो तिमीलाई न्याय दिन
घाटी चिथोरेर साँवा फिर्ता लिएको हुँ तिमीले बुझेनौ !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय