
उत्तम भण्डारी
य.ए.ई । यु.ए.ई(दुबई)मा अहिले सम्मकै ठुलो भारि बर्षात भएको छ । दुबईको इतिहासकै ठुलो बर्षा भनि दाबी गरिएको छ । दुइ दिन देखि परेको भारि बर्षाको कारण त्यहाँको जनजिबन अस्त ब्यस्त भएको छ । बुर्ज खलिफा, दुबई मेट्रो स्टेसन वरीपरि भारि बर्षा हुदा सवारी आवतजावतमा ठुलो समस्या परेको छ भने सडक जलमग्न हुदा पैदल हिड्ने पैदल यात्रीहरुलाई सडकमा हिड्दा धेरै समस्या परेको छ ।
साना सवारी साधनहरु पुरा डुबानमा परेका छन् भने ठुला सवारी साधनहरु आधा भाग डुबानमा परेको छ । यु.ए.ई का ठुला सपिंग मलहरु भित्र पानि पसेको छ । सयौ घर भित्र पानि पस्दा त्यहाँको जनजिबन नै अस्त ब्यस्त हुन पुगेको छ । केहि समय हवाई उडानमा समेत रुकावत भएको थियो । अहिले सम्म मेट्रो तथा कुनै पनि सवारीसाधन संचालन हुन सकेको छैन । दुबई सरकारले मौसम अर्लत जारि गरि सबैलाई सुरक्षित बस्न सुचना जारि गरेका थिए जसको कारण मानबिय क्षति हुन भने पाएन ।