रमेश कार्की 

चितवन ।  चितवनको ठोरी जङ्गल रिसोर्टमा पर्यटन सम्बन्धी बैठक सम्पन्न भएको छ । ठोरी जङ्गल रिसोर्टमा भएको पर्यटन सम्बन्धी बैठकमा भारतीय र नेपालको पत्रकारहरु पनि सहभागिता रहेको थियो । अब देखि भारतीय पर्यटकले ठोरी नेपालको भंन्सार हुदै नेपालको पर्यटकीय स्थलको भ्रमण गर्न सक्नेछन् । कार्यक्रममा वक्ताहरुले आफ्नो सम्बोधनमा नेपाल र भारतबीच परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध रहेको बताए । नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुधार गरिनेछ । जसले गर्दा नेपालका पर्यटकले पनि भारतीय पर्यटकीय स्थलको भ्रमण गर्न सक्नेछन् । त्यसैगरी भारतका विभिन्न राज्यबाट आउने पर्यटकले चितवन अन्तर्राष्ट्रिय निकुञ्ज, पर्सा अन्तर्राष्ट्रिय निकुञ्ज, नारायणघाट, विराटनगर, काठमाडौं देवघाट तिर्थस्थल र मन्दिर लगायतका दर्शन गर्न सक्नेछन् ।

ठोरी जङ्गल रिसोर्टमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सो कुरा बताउनुभएको हो । कुनै पर्यटकले नेपालको पर्यटकीयस्थल घुम्न जान चाहेमा नेपाल ठोरीस्थित भन्सार कार्यालयबाट भान्सार गराई सहज रुपमा जान सक्ने उनले बताए । र भारतबाट आउने नागरीक पर्यटकलाई सहजीकरण गर्न सिमामा मनी ऐक्चेन्ज कार्यलय खुलाउन पहल गर्ने बताए । नेपालका कुनै पनि अधिकारी वा प्रशासनले उनीहरूलाई कुनै असुविधा गराएमा स्वयं आफुले निग्रानी गर्ने बताए ।  चितवन अन्तर्राष्ट्रिय निकुञ्ज र पर्सा अन्तर्राष्ट्रिय निकुञ्जमा भारतीय पर्यटकका लागि सफारीको व्यवस्था मिलाइएको उनले बताए ।

पर्यटकीयस्थलमा पर्यटक बस्नको लागि राम्रो व्यवस्था गरीने बताए । वक्ताहरुमा पर्सा जिल्लाका एसपी कुमोद दुगेल, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम आचार्य, मणि महानगर प्रदेशका विधायक ठाकुरप्रसाद ढकाल, ठोरीका मेयर लालबहादुर श्रेष्ठ, भारतीय राजदूत डीएस मीना, भरतपुर महानगरपालिका पर्यटन प्रमुख डा. सुवेदी, पर्यटन संघ बिहारका सदस्य साकेत राम, रतनकुमार यादव र ठोरी जङ्गल रिसोर्टका प्रबन्धक धीर सिंह र सुजित थापालगायत सहभागी थिए । उक्त अवसरमा नेपाल र भारतका दर्जनौं जनप्रतिनिधि तथा गाउँलेहरुको उपस्थिति रहेको थियो । नेपालका अधिकारीहरुले सबै पर्यटकीयस्थलसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था गरिएको बताए । सोही वक्ताले नेपाल र भारतको सम्बन्ध निकै पुरानो भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय