समर्पण भट्टराई 

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादीले ओलिसरकार विरुद्ध जन संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीको हालै सप्पन्न पदाधिकारीको बैठक द्वारा उक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेको माओवादीले बताएको छ ।नेकपा माओवादीले यो दलाल संसदीय व्यवस्था नेपालमा मात्रै नभई विश्वभर नै असफल सिद्ध भैसकेको भन्दै विरुद्ध विगत केही समय देखि जनविद्रोह मार्फत यो व्यवस्थाको अत्य गर्दै जनवादी व्यवस्थाको स्थापनाको निम्ति विभिन्न ढंगले संघर्षका कार्यक्रमहरु गर्दै आएको छ ।

पछिल्लो समय एमसिसि जस्तो नेपाली इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात नागरिकहरु माथी विभिन्न प्रकारको शोषन उत्पीडन गर्दै आएको नागरिकलाई स्वदेशमा रोजगारको सिर्जना विकल्प खोज्नुको सट्टा दलालिपुर्ण ढंगले कामदारको रूपमा बेच्ने नेपाललाई विश्व श्रम बजारमा भाडा श्रमिक उत्पादन गर्ने देशमा चिनाउदै आफुहरु कमिसन र रेमिटान्समा मोज मस्ती गर्दै आएको साथै स्थानीय नागरिकलाई बिदुत महसुस फाइन सम्म तिराउने तर माफियाहरुलाई उद्योगको नाममा अरबौ रकम छुट दिने हर्कत अत्यन्तै खेदपुर्ण रहेको भन्दै माओवादीले आक्रोश समेत व्यक्त गरेको छ ।

पदाधिकारी बैठकबाट माओवादीले निर्णय गरि सार्बजनिक गरेको संघर्षको कार्यक्रमहरु यस प्रकार छन् ।
भदौ ८ गते प्रतेक भ्रष्टाचारीहरुको घरमा कालो ब्यानर राख्ने तथा कालो झण्डा गाड्ने ।
भदौ ९ गते भ्रष्टाचारी तथा राष्ट्रघातीहरुलाइ गाउँ प्रवेशमा रोक लगाउने ।
भदौ १० गते देशव्यापी रूपमा संसदीय दलका प्रमुखहरुको पुत्ला जलाउने ।
भदौ ११ गते देश ब्यापी रूपमा स्थानीय तहमा प्रचार प्रसार गर्ने ।
भदौ १२ गते विरोध सभा आयोजना गर्ने ।
भदौ १३ गते सबै राजमार्गहरु एक घण्टा रोक लगाउने
भदौ १५ गते देशव्यापी रूपमा मसाल जुलुस गर्ने ।

उल्लेखित कार्यक्रमहरु नेकपा माओवादीका महासचिव कमरेड गौरव द्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा थप संघर्षका कार्यक्रम अगाडि बढाइने समेत माओवादी श्रोतले नेपाल युनिटीलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय