
समर्पण भटराई
धनगढी / धनगढी उपमहानगरपालिका ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको पुष्ठि गरेका छैन तर उक्त वस्तु के हो ? भन्ने कुरा अहिलेसम्म स्पष्ट उनले बताए । उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ ।
अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन । उक्त घटना नेकपा (माओवादी) कैलाली जिल्ला समितिले जन कार्वाही स्वरुप राखिएको बताएको छ । नेकपा माओवादीको केन्द्रिय घोषित कार्यक्रम भ्रष्ट र दलाहरुलाइ कार्वाही गर्ने नितिअनुसार नै गरिएको माओवादी जिल्ला स्रोतले बताएको छ भने घटना स्थलमा नेकपा माओवादीको पर्चा समेत भेटिएको छ ।