समर्पण भट्टराई 

काठमाडौ /  २०५१ साल फाल्गुन १ गते बाट सुरुवात भएको महान जनयुद्धलाई नेपालको संविधानले समेत स्वीकार गरेको अहिलेको अवस्थामा विभिन्न खाले अनावश्यक टीका टिप्पणी हुनु न्यायचित हुँदै होइन यसै सन्दर्भमा नेकपा एमालेका सचीव तथा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईले जनयुद्ध बारे संसदमा दिएको अभिव्यक्ति बारेमा व्यापक बहस सुरु भएको छ ।

यस विषयमा योगेश भट्टराईको धारणा बुझ्न खोज्दा यो बारेमा पछि जवाफ दिने भन्दै नेपाल युनिटिका सम्पादक समर्पण भट्टराईको फोन काटेका थिए । यसै विषयलाई लिएर हाल अर्ध भुमिगत गतिविधि गर्दै आएकोको नेकपा माओवादीले भने भट्टराईले कि त सार्वजनिक माफिमाग्नुपर्ने अन्नेथा जुनसुकै बेला जस्तोसुकै खाल्को जनकार्वाही हुने र गृह जिल्लामा प्रवेश रोक लगाउने कडा चेतावनी सहित प्रेस विज्ञप्ती नेकपा माओवादीका महासचिव गौरवद्वारा हस्तक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

जनयुद्धलाई माओवादी हिंसा भनेको प्रती सामाजिक संजालमा समेत सांसद भट्टराईको चर्को विरोध हुँदै आएको छ । उता भट्टराई भने सत्ता र शक्तिको आडमा आफुलाई दुनियाँ कै सर्वोशक्तिमान ठान्दै आएका छन् । यस बारेमा हामीले नेकपा माओवादी स्रोतलाई बुझ्दा दलाल भ्रष्ट मानव तस्कर अनि जनयुद्धको उपलब्धिमा मोज मस्ती गर्दै जनयुद्धलाई अनावश्यक टिप्पणी र ब्याख्या गर्ने जो सुकै भएपनि नछाड्ने पार्टीको नीति अनुसार सचीव भट्टराईलाई पनि जन कार्वाही गरेर छाड्ने माओवादी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय