रमेश कार्की 

काठमाडौं । काठमाडौं सातदोबाटो स्थित तेक्वान्दो संघको हलमा मिति २०८१ भदौं २३ देखि २८ गतेसम्म संचालन भईरहेको तेस्रो एन.टि.ए (NTA) नेशनल लिगमा हाल सम्ममा चितवन् जिल्लाले ६ वटा पदक ल्याएका छन् । खैरहनी डोजाङका अभिषेक तमांग र ग्रिस्मा थापाले पियर पुम्से १७ वर्ष तल रजत पदक, महिला २९ केजी तल मन्जिता नेपालीले फाईट तर्फ कांस्य पदक र पुरुष १७ वर्ष तल एकल पुम्सेमा अभिषेक तमांगले कांस्य पदक ल्याएका छन् ।

चितवन जिल्ला तेक्वान्दो संघकै टिमबाट प्रतिनिधित्व गरेका दुई खेलाडी फाईट तर्फ सौगात सुन्दास ५५ केजी तल र सुजता परियार ४९ केजी तल रजत पदक ल्याउन सफल भएका छन् । बाक़ी खेलाडीहरुको खेल निरन्तर २८ गतेसम्म हुनेछ । अहिले संचालन भईरहेको तेस्रो एन.टि.ए (NTA) नेशनल लिगमा पदक ल्याउने खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघको रैंकिंग सुचिमा राखिने र स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई यही नोभेम्वर २०२४ मा हुने माउन्ट एभेरेस्ट ज़ि-१ कपमा निःशुल्क खेलाईने जानकारी संघ कै महासचिव दिपराज गुरुङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय