रमेश कार्की 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको छ । चितवन राईनोजको खेल हेर्न भरतपुर महानगरकी मेयर रेनु दाहाल स्वयम् उपस्थिती भएका थिईन । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सोहेल तान्भिरको धारिलो बलिङपछि १ सय १२ रनको सामन्य लक्ष्य चितवनले १७. ओभरमा १ सय १४ रन बनाउदै पुरा गर्‍यो । सन्तोष कार्की र शरद भेषावकरले छैटौं विकेटमा ४३ रनको अविजित साझेदारी गर्दै चितवनलाई जिताए । सन्तोषले खेलकै सर्वाधिक २८ रन बनाए ।

उनले ३१ बल खेली २ चौका र १ छक्का तथा शरदले २१ बलमा ११ रन बनाए । चितवनबाट हसन एसाखिल १२, दीपक बोहरा ७, कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा आउट भएका थिए । लुक बेनकेन्स्टेनले १७ बल खेली १ चौका र २ छक्कासहित २२ रन बनाए ।

गुर्खाजका शाहव आलमले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चे । जेहराड इरसमस र ड्यान डाउथवेटले १–१ विकेट लिए । यसअघि तान्भिरको ५ विकेटपछि टस होरेर ब्याटिङमा आएको गुर्खाजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सकेको थियो ।

पाकिस्तानी देव्रेहाते तीब्र बलर तान्भिरले आफ्नो पहिलो ३ ओभरको स्पेलमा स्टेफन इस्किनाजी, माइकल लेभिट र भिम सार्कीलाई आउट गरि गुर्खाजलाई दबाबमा राखेका थिए । उनले आफ्नो चौथो ओभरमा गुर्खाजका कप्तान करण केसी र शाहवलाई समान १ रनमा आउट गरेका थिए । तान्भिरले ४ ओभरमा २१ रनमात्र खर्चेर ५ विकेट लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय