रमेश कार्की
काठमान्डौ । नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले बताए।
उनका अनुसार रावले पार्टीको निर्देशन नमानेर उल्टै पार्टीको हित विपरीत काम गर्दै आएका छन् । ‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो । उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन । केन्द्रीय सदस्य पनि बन्नु भएन । सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन, त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने ।