रमेश कार्की 

अमेरिका । ई.वि सम्मत् २००७ बाट निरन्तर मास्टर कुमार कार्कीले नेपालको प्रतिनिधित्व गर्दै युएस ओपन तेक्वान्दो  प्रतियोगितामा निर्णायकको भुमिका निभाउदै आइरहेका छन् । भर्खरै २०२५ फेब्रुअरी १४ गते देखी १६ गते अमेरिकाको रेनो नेभेडामा सम्पन्न भएको थियो ।

कार्की नेपालको पूर्व राष्ट्रिय प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । हाल उनी युएसए बाल्टिमोडमा बस्दै आइरहेका छन् । उनले बाल्टिमोर मै  एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो डोजाङ संचालन गर्दै आइरहेका छन् ।

मास्टर कार्कीले नेपालको सब जुनियर, जुनियर र सिनियर खेलाडीहरूको खेल कलालाई प्रोत्साहन दिनको निमित्त हरेक दुई वर्षमा एकपटक नेपालको विभिन्न ठाउँमा एभरेस्ट च्याम्पियनसिप गर्दै आइरहेका छन् । खेलजगत र तेक्वान्दोमा मास्टर कार्कीले विशेष भूमिका निर्वाह गर्दै आइरहेको हुनाले नेपालमा उनको विशेष छवि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय