रमेश कार्की

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा समाजसेवी सक्रिय युवा सुजल खनालको कडा उम्मेदारी रहने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन यही चैत्र ५ गते गराउने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन एक शैक्षिक संस्था हो । जसले विद्यार्थीहरूको अधिकार र स्वच्छन्दता सुनिश्चित गर्ने उद्देश्यले कार्य गर्दछ । यसले विश्वविद्यालय र क्याम्पसको आन्तरिक राजनीति र निर्णय प्रक्रियामा विद्यार्थीहरूको सक्रिय सहभागिता  सुनिश्चित गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।

– स्वतन्त्र विद्यार्थी युनियनको उद्देश्यहरू
१. विद्यार्थीहरूको हक र अधिकारको संरक्षणसँगै विद्यार्थीहरूको शैक्षिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको रक्षा गर्ने काम गर्दछ ।

२. शिक्षा सुधार :- विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने र शिक्षा सम्बन्धी समस्याहरूको समाधान खोज्ने उद्देश्य राख्दछ ।

३.सहयोग र समन्वय :- विद्यार्थीसँग सम्बन्धित विभिन्न गतिविधिहरूको आयोजना र समन्वय गर्ने काम गर्दछ ।


४. आन्दोलन र संघर्ष -: विद्यार्थीहरूको हक र हितकोका लागि आन्दोलन र संघर्षको नेतृत्व गर्ने  काम  गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय