रमेश कार्की

चितवन ।  तेक्वान्दो खेलका राष्ट्रिय खेलाडी अफ्ताव आलम ५४ केजीको लगातार नेपालको गोल्ड मेडलिस्ट हुन् । तर अहिले देशको बदलिदो अवस्थाका साथै घरको आर्थिक अवस्था ठिक नभएकाले आलम  विदेश जाने सोच रहेको कुरा नेपाल युनिटी टिमलाई बताएका छन् ।

अफ्ताफ आलम भन्छन्, ” म नेपाल राष्ट्रिय टिमको तेक्वान्दो खेलाडी हुँ । आज म दुईतर्फी दबाबमा छु । एकातिर मेरो खेल जीवन, सपना र देशको लागि केही गरौँ भन्ने चाहना छ भने अर्कोतिर पारिवारिक जिम्मेवारी, आर्थिक अवस्था र यथार्थताको कठोर धरातल छ । म एक मध्यम वर्गीय परिवारबाट आएको छु । मेरो उमेर २० वर्ष भयो र म घरको एक्लो छोरा हुँ । बाबु ५० वर्ष पार गर्न लाग्नुभएको छ र घरमा आर्थिक भार पनि बढ्दो छ । परिवारका सबै समस्या अब मेरो काँधमा छन् । यस्ता समयमा, खेलको यात्रालाई निरन्तरता दिने कि विदेश गएर कमाउने भन्ने गहिरो दोधारमा छु”।

आलम अगाडी भन्छन् ” नेपालको खेल क्षेत्रको अवस्था तपाईं हामी सबैलाई थाहा छ । सरकारको सहयोग न्यून छ, अवसरहरू सीमित छन्, अनि खेलाडीहरूले जति मिहिनेत गरे पनि त्यसको मूल्य समयमै प्राप्त हुँदैन । मैले पाएको केही अवसरहरू पनि पारिवारिक समस्या र आर्थिक अभावका कारण गुमाइरहेको छु” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय