रमेश कार्की 

अमेरिका । तेस्रो एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो च्याम्पियनसिप २०२५ एक रोचक र जोशपूर्ण दिनका लागि तयारी अवस्थामा छ । सो प्रतियोगितामा अमेरिका भरिका ३५ टिमका ४०० भन्दा बढी खेलाडीहरुले आठवटा अन्तर्राष्ट्रिय स्तरका रिङमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम CCBC Catonsville Community College Gymnasium, ३६० क्याम्पस ड्राइभ, क्याटन्सभिल, मेरील्याण्ड २१२२८ मा बिहान ९:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन हुनेछ ।

खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्रको लागि प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टिमहरुलाई वर्ल्ड क्लास डिभिजन टिम च्याम्पियनसिप ट्रफी प्रदान गरिनेछ ।प्रतियोगितामा ९ जना अन्तर्राष्ट्रिय र २८ जना राष्ट्रिय रेफ्रीसहितको प्रतिष्ठित निर्णायक प्यानल रहनेछ ।

 

यस कार्यक्रममा विशेष अतिथिका रुपमा तेक्वान्दोका ग्रान्डमास्टरहरु, प्यारालिम्पियन पलेशा गोवर्धन, बाल्टिमोर काउन्टीका अधिकारीहरु, नेपाल दूतावासका प्रतिनिधिहरु र नेपाली संस्थाहरु BANA, NRNA USA तथा मेरील्याण्ड च्याप्टरका अगुवाहरु सहभागी हुनेछन् ।

खेलाडी, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा अधिकारीहरुको सहभागितासँगै कार्यक्रमको कुल उपस्थित संख्या १,५०० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यो च्याम्पियनसिप दक्षता, खेल भावना र अन्तर्राष्ट्रिय एकताको उत्कृष्ट प्रदर्शन हुनेछ, जसले अमेरिकामा र विश्वव्यापी रूपमा बढ्दो तेक्वान्दो समुदायको गौरवपूर्ण क्षणलाई चिनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय