रमेश कार्की
अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा २०२४ पेरिस पाराओलम्पिकमा ऐतिहासिक पदक बिजेता पलेशा गोवर्धनलाई नगद सहित सम्मान गरिएको छ । गत मे १० मा सम्पन्न तेश्रो एभरेस्ट खुला तेक्वान्दो प्रतियोगितामा बिशेष अतिथिको रुपमा आमन्त्रित पाराओलम्पियन पलेशा गोवर्धनलाई उक्त प्रतियोगिताका आयोजक मास्टर कुमार कार्की र मास्टर कार्कीले बिशेष पदकका साथ दोसल्ला ओडाई सम्मान गरे । सम्मान रकम निम्न संस्था तथा व्यक्तिहरुबाट उपलब्ध गरिएको हो ।
एभरेस्ट तेक्वान्दो केयर फाउन्डेशन मास्टर कुमार कार्की तथा मास्टर कल्पना कार्कीबाट रु. १,७५,००० प्रदान गरियो । त्यस्तै मास्टर दिनेश श्रेष्ठ, मास्टर रामचन्द्र के.सी, मास्टर दुर्गा गुरुङ, मास्टर गोपाल भण्डारी, मास्टर संजिव नेपाली, मास्टर बिकास घले गुरुङ, मास्टर तारा रायमाझी, मास्टर सागर गुबाजु, मास्टर कृष्ण खड्का, मास्टर पूर्ण आचार्यबाट कूल १,०५००० प्रदान गरिएको थियो ।

त्यस्तै हिङमाङ तेक्वान्दो मास्टर डेक दर्जी, युनाइटेड एभरेस्ट तेक्वान्दो मास्टर बिनिता राई, ग्लोबल तेक्वान्दो मास्टर प्रकाश ढुंगाना सहित रु. ७०,०००/- नेपाली रुपैया प्रदान गरियो ।
यसरी कुल रकम रु. ३,५०,००० एभरेस्ट तेक्वान्दो केयर फाउन्डेशन मास्टर कुमार कार्कीले हस्तान्तरण गरे । आगामी बर्ष २०२६ मा जापानमा हुन गइरहेको एसियन पारा खेल र अमेरिकामा २०२८ मा हुने पाराओलम्पिकको सहभागितामा अझ मनोबल बढोस् भन्ने उद्धेश्यक साथ अमेरिकामा आमन्त्रित गरि बिशेष सम्मान गरिएको हो । उनि गत मे १२ का दिन आफू अध्ययन गर्ने कलेज संघाई चीन फर्केकी छन् ।
