रमेश कार्की 

काठमाडौं । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको रिट निवेदन सर्वाेच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

रिटमाथि अब अर्को दिन हेर्दाहेर्दैबाटै सुनुवाइ हुनेछ । यसअघि रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा पर्दा सुनुवाइ हुन सकेको थिएन । सभापति लामिछानेलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय