रमेश कार्की 

काठमाडौँ । इरान-इजरायल बीच १२ दिनको युद्ध पछी अन्तत युद्धविराम भएको छ । यो युद्धविराम सबै पक्षका लागि उपयोगी छ। इजरायलले पनि नागरिक हताहतको सामना गर्न थालेको र सानो देश जतिसुकै शक्तिशाली भए पनि लामो युद्धको आर्थिक मूल्य वहन गर्न नसक्ने भएकोले राहत पायो तर यो शान्ति काँच जत्तिकै नाजुक छ। यसको अस्तित्व इरान र इजरायलले कति संयम देखाउँछन् भन्ने कुरामा निर्भर गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा अर्को ‘सम्भावित’ युद्धविराम थपेका छन् । ट्रम्पले आफैंले इजरायली प्रधानमन्त्रीलाई वार्ताको लागि बोलाएका थिए । ट्रम्पले सामाजिक सञ्जालमा दाबी गरेका छन् कि इजरायल र इरान दुवैले दुई देशहरू बीच शान्ति सम्झौता गराउनको लागि उनीसँग सम्पर्क गरेका थिए ।

यसैबीच इजरायलले इरानमा गम्भीर सैन्य क्षति पुर्‍याएको छ भने इरानी सेनाका मिसाइलहरू पनि यसको प्रसिद्ध ‘आइरन डोम’ सुरक्षा ढाल छेडेर इजरायल भित्र छिर्न सफल भएका छन् । ट्रम्पको युद्धविराम घोषणापछि इरानको आक्रमणमा ‘चार इजरायली नागरिकको मृत्यु’ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय