रमेश कार्की
चितवन । नेपाल तेक्वान्दो संघको अध्यक्षमा दीपराज गुरूङ चयन भएका छन् । चितवनको सौराहामा आइतबार सम्पन्न संघको पाँचौ अधिवेशनले गुरूङको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली, भानुबहादुर चन्दलाई चयन गरिएको छ भने कोषाध्यक्षमा कासिम मियाँलाई निरन्तरता दिइएको छ ।

यसैगरी सदस्यमा कोशिस खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टीकाप्रसाद लिम्बू, श्रीमान थापामगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु शिवाकोटी, प्रेमबहादुर भण्डारी र हेमन्त डांगी चयन भएका छन् । चन्द, बस्याल र श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य हुन् । यता सदस्यमा निर्वाचित डाँगीलाई नवनिर्वाचित अध्यक्ष गुरूङले महासचिवमा मनोनीत गरेका छन् ।

निर्वाचित सदस्य मध्येबाट अध्यक्षले महासचिव निर्वाचित गर्न सक्ने प्रावधान संघको विधानमा छ । निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले शपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत चन्द्र राई, सानुबाबु केसी, निवर्तमान अध्यक्ष प्रकाश शमशेर राणालगायतले प्रमाणपत्र वितरण गरिएको नेपाल तेक्वान्दो संघ जिल्ला शाखा चितवनका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।
