काठमाडौँ । गायिका/कबि उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सार्बजनिक गरिएको थियो । सार्वजनिक भिडियो ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ । कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् ।
भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाब र पीडालाई देखाउन खोजिएको छ । भिडियोमा अभिनेता/कलाकार सिमान्त उदास र गायिका/कबि उमा श्रेष्ठको अभिनय रहेको छ । बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन् ।