प्रिया राना

मंगलबार २४ नोवेम्बर क्वालालम्पुर/ कोरोना भाइरस कोभिड-१९ को कारण अहिलेसम्म पनि जहाजहरुले आफ्नो नियमित फ्लाइटहरु सुचारु गर्न आवश्यक यात्रुहरु नभएको भन्दै नेपाल एयरलाइन्सले वाइट बडि जहाज संचालनमा ल्याउन समस्या भएको बताउदै आएको छ ।

यता वैदेशिक रोजगारीका लागि मलेशिया लगायत अन्य खाडी मुलुकमा रहेका शवहरु फर्काउन समस्या भएको र मृतकका परिवारहरुको गुनासो बड्दै गएपछि हामीले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियालाई यो बारेमा बुझ्दा अन्य साना जहाजहरुले सव बोक्न नमान्ने र मान्दा पनि १ बडिमा २ जनाको दरले मात्रै लाने हुदा मलेसियामा अहिले २६ वटा सवहरु नेपाल फर्काउन बाकी रहेको नेपाली राजदुतावास मलेसियाले बताएको छ ।

यस अगाडि पनि नेपाली राजदुतावास क्वालालम्पुर मलेशियाले नेपाल एयरलाइन्सलाई पटकपटक अनुरोध गर्दा पनि वाइट बडि फ्लाइट हुन नसकेको दूतावास श्रोतले बताएको छ । यस्तै यस बारेमा नेपाली मजदुर एकता समाजले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएको र श्रम मन्त्रालय बाट यस बारेमा आवश्यक पहल कदम अगाडी बढाइने श्रममन्त्री रामेश्वर राय यादवले बताउनु भएको मजदुर समाजका केन्द्रिय महासचिव समर्पण भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय