सोमबार २३ कार्तिक चितवन सौराहा । नेपाली मजदुर एकता समाजका केन्द्रिय समिति प्रवक्ता बिजय भुसालको परिवार बस्दै आएको चितवनमा स्थिति घरमा अज्ञात समुहले आक्रमण गरेका छन भुसालका बाबु समाजसेबि लोकराज भुसाल माथी घर मै गएर उक्त समुहले आक्रमणको प्रयास गरेका हुन । मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको चुनाब भएको दिन शनिबार राती अज्ञात समुहले रत्ननगर ६ निवासी भुसाललाइ आक्रमणको प्रयास गरेका हुन ।

पाँच वटा मोटरसाइकलमा आएको समुहले भुसालको घरमा ढुंगा प्रहार गरि सिसा समेत फुटाएका छन भने आफुमाथी अपशब्द समेत बोलेको भुसालले बताए । मार्ने उदेश्यले उनिहरु आएको भन्दै उनले अपशब्द बोलि घरबाहिर निस्की तलाइ छाड्दैनौ भनेको बताए । उनिहरु योजना बनाएर आएका थिए ,भेटेको भए उनिहरुले मलाइ मार्ने थिए भुसालले भने।

आक्रमण बाट जोगिन सफल हुनुभएका समाजसेवी लोकराज भुसाल

रातको समयमा आएकाले उनिहरु चढेको मोटरसाइकल र उनिहरुको पहिचान खुलेको छैन यद्यपि यो बारेमा आवश्यक अनुसन्धान भैरहेको पारिवारिक श्रोत ले जानकारी दिएको छ । मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितीको अध्यक्षमा उनको पनि दाबी थियो । तर इकाइ ५ मा उनी ४ मतले पराजित भएका थिए सोही इकाइबाट चुनाब जितेका दुर्गा घिमिरे अध्यक्षमा निर्वाचित भए । घिमिरे पनि नेकपाबाटै उम्मेदवार बनेका थिए । प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको खुल्ल आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय