मजदुरका लागि मजदुर अभियानमा रहेको नेपाली मजदुर एकता समाजले पहिलो अन्तर्राष्ट्रिय भर्चुअल बैठक सम्पन्न गरेको छ । बैठकको अध्यक्षता केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष देब बहादुर पुन”मिलन” ले गरेका थिए भने संचालन महासचिव समर्पण भट्टराई ले गरेका थिए । बैठकमा केन्द्रीय समितिको तर्फबाट उपाध्यक्ष अर्जुन सिंह अनुरागी, महासचिव समर्पण भट्टराई प्रवक्ता तथा इटाली संयोजक बिजय भुसाल, संन्चार विभाग प्रमुख तथा ब्राजिल संयोजक प्रिया राना, केन्द्रिय सचिवालय सदस्य तथा मलेशिया समिति अध्यक्ष राम प्रसाद सुवेदी, केन्द्रिय सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेल, केन्द्रिय सदस्य तथा नेपाल समिति अध्यक्ष निमा ह्योल्मो, त्यसैगरि केन्द्रिय सदस्य तथा भारत समिति वरिष्ठ उपाध्यक्ष राजेन्द्र कुवरको उपस्थिती रहेको थियो ।
त्यस्तै उक्त बैठकमा युएई समिति अध्यक्ष शुभद्रा बुढाथोकी, बेल्जियम बाट बेल्जियम संयोजक यसु थापा, युएई समिति वरिष्ठ उपाध्यक्ष रुपेश श्रेष्ठ, उपाध्यक्ष रमेश थापा, महासचिव उत्तम भण्डारी, साउदी संयोजक सुरेन्द्र अधिकारी, मलेशिया समिति उपाध्यक्ष इन्द्र चाम्लिङ राई , सचीव सन्तोष फुल्लेल, प्रवक्ता भिम लुवार, भारत समितिका सचीव अशोक शाही, प्रवक्ता प्रेम सेर्पाली लगाएतको उल्लेखनीय उपस्थित रहेको मजदुर एकता समाज केन्द्रिय कार्यलयले ले बताएको छ ।
बैठकमा सम्पुर्ण प्रतिनिधिहरुले समिक्षात्मक रिपोर्टिङ सहित आवश्यक सुझाव सल्लाह सहित केन्द्रिय समितिको ध्यानाकर्षण गराएको संचार बिभाग प्रमुख प्रिया रानाले जानकारी गराएकी छिन् । यस्तै आजको बैठकद्वारा आएको सुझाव सल्लाह सहित भोलि बस्ने केन्द्रिय समितिले आवश्यक निर्णय गर्ने र श्रमिका क्षेत्रमा थप सक्रियता पुर्वक अगाडी बढ्नु पर्ने प्रतिनिधि हरुको सुझावलाई मध्य नजर गरेर भोलिको केन्द्रीय समितिको बैठक संचालन हुने बैठकका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष देब बहादुर पुन ” मिलन” ले जानकारी दिएका छन् ।