क्वालालम्पुर-  वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत करिबकरिब ३ लाख बढी नेपाली कामदारहरु मध्य २०५ जना कामदारहरु बिभिन्न कारण जेलमा रहेका छ्न।

मलेसियाको कानुन उलंघन गरि र अन्य विभिन्न अपरधिक गतिविधिमा संलग्न लगायतको कसुरमा पक्राउ परि २ जना महिला सहित २०५ जना नेपाली कामदारहरु जेल सजाय भोगिरहेको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ।

मलेसियाको जेलमा परेका २०५ जना नेपाली मध्य १६ जनालाई मृत्युदण्डको सजाय समेत सुनाइएको छ।
बोर्डका अनुसार मलेसियासंगै खाडी मुलुकहरु कुवेत , कतार , बहराइन , साउदी , युएई , ओमान लगायतको गरि जम्मा ५४५ जना नेपाली कामदार जेलमा रहेको र ती मध्य २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको तथ्यांकमा उल्लेख छ।

खाडी मुलुकहरु मध्य सबै भन्दा बढी नेपाली कामदार मलेसियाकै जेलमा सजाय काटिरहेको बोर्डको तथ्यांकले देखाउछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय