✍️ रमेश कार्की


चितवन / चितवनको कालिका नगरपालिका-१ अबस्थित चतुर्मुखी सामुदायिक बनले १७ जना उपभोक्ता महिला दिदीबहिनीहरुलाई ब्युटी पार्लर सम्बन्धि ३ महिने निशुल्क प्रशिक्षण तथा तालिम दिएका दिइएको हो ।

उक्त सामुदायिक बन समितिका वर्तमान अध्यक्ष हरि गुरुङको विशेष पहलमा यो प्रशिक्षण तालिम सम्पन्न भएको हो तालीम सम्पन्न हुनुका साथसाथै १७ जना तालिम प्राप्त महिलाहरु मध्यकी एक उत्कृष्ट तालिम प्राप्त गरेकी रमि लोप्चन (थिङ्ग ) ले त्यसै ठाउमा ब्युटी पार्लरको उद्घाटन समेत गरेकी छन।

रमिको भनाइ अनुसार “मलाई सामुदायिक बनले निशुल्क तालिम प्राप्त गराएर एउटा सक्षम महिला बन्न सहायता गरेको र अब आफूमा आत्मनिर्भरता रहने बिश्वास बढेको छ” भनेर आफ्नो बिचार राखेकी थिइन । त्यहाँ उपस्थित भएका छिमेकी भिमावली सामुदायिक बन समितिका अध्यक्ष मछेन्द्र पान्डेका भनाइ अनुसार पनि “हरेक महिला दिदिबहिनीहरुले वडा, बन र स्थानीय निकायबाट दिइने विभिन्न किसिमका सिपमुलक तालिमहरुलाई नछुट्टाइ आफु आत्मनिर्भर बन्न आवस्यकता रहेको बताएका छन्” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय