✍️ समर्पण भट्टराई
२००७ साल यता नेपाली राजनीतिमा थुप्रैपटक आन्दोलन जनसंर्घष मात्रै होइन २०४६ सालको जनआन्दोलन १० वर्षे जनयुद्ध १९ दिने दोस्रो ऐतिहासिक जनआन्दोलन लगाएत ठुला ठुला राजनीतिक परिवर्तनका निम्ति संघर्ष भए यिनिहरुले रूपमा परिवर्तन ल्याए पनि जनचाहना अनुसारको सारमा परिवर्तन ल्याउन सकेन यी प्राप्त उपलब्धि पनि प्रतिक्रियावादी हरुकै फन्दामा फस्दै गएपछि नेपाली राजनीतिले यतिबेला सबैभन्दा दिक्क लाग्दो निराशाजनक अनि जनतामा सम्पुर्ण हिसाबले वितृष्णा पैदा भएको छ । अशान्ति बेरोजगारी महङ्गीले विकराल रुप लिदै गरेको छ यसर्थ पनि राजनीतिमा प्रति जनताको जनताको चासो घटदै गएको छ ।
एक त सबै परम्परागत गत पार्टी अनि वृद्ध नेतृत्व रहेकै कारण पनि राजनीतिमा युवा पुस्ताको सक्रिय सहभागिता भयो भने राजनीतिमा केही परिवर्तन र सुधार आउछ कि भन्ने जन चाहाना अनुसार नै गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र युवा उम्मेदवार हरुले निकै ठाउँमा बिजय हासिल गरे उनिहले केही नयाँ गर्ने प्रयास गरेपनी तर उनिहरुलाइ लिड गर्ने कुनै दर्शन थिएन थियो त केवल भावना तसर्थ उनिहरु थोरै सफलता संगै अराजक र उछृकल पनि यदाकदा हुँदै आएकाछन र बन्दै छन किन कि निश्चित मापदण्ड बिचारधारा मुल्य मान्यता बिहिन भएपछि आइपुग्ने आखिर यहि नै थियो ।
स्वतन्त्र युवा उम्मेदवारहरुको बिजय देखे पछि केही मान्छेहरु लाई पनि स्वतन्त्र पार्टी अर्थात कुनै राजनीतिक सिधाान्त दर्शन बिनाको एउटा समूह जम्मा गरेर आफुलाइ दुनियाँमा कहि नभएको स्वतन्त्र पार्टी नामकरण गरेर केही स्वतन्त्र मेयर हरुले तत्कालीन अवस्थामा केही सकारात्मक कामको थालनी ले जनतामा पलाएको आशा अन्य पुराना राजनीति पार्टी हरुले दिक्क बनाएको यश परिवेशमा स्वतन्त्र पार्टी सहजै स्थापित र लोकप्रिय बन्नु स्वाभाविकै थियो । तर राजनीतिक दल स्वाभाविक रुपमा कुनै न कुनै दर्शनमा आधारित हुन्छन जस्तै आफू लाई कम्युनिस्ट पार्टी भन्नेहरूले दर्शन लाई वास्तविक रुपमा प्रयोग नगरे पनि उनिहरुको राजनीति दर्शन भनेको माक्र्सवाद हो भने काङ्ग्रेस लगाएत दल जो आफुलाइ लोकतान्त्रिक भन्छन् उनिहरु पुजीवादी दर्शनलाई मान्छन तर यो स्वतन्त्र पार्टी यी दुबै दर्शन बारेमा मौन देखिन्छ ।
अर्कोतर्फ सामान्यत राजनीतिक दलको रणनीतिक लक्ष हुन्छ भने अवस्था अनुसार तत्कालीन निश्चित कार्यनीतिहरु रहन्छन् उस्को आफ्नो निश्चित वर्ग लक्ष्यित समुदाय हुन्छ परराष्ट्र सम्बन्धि अलग्गै नीति हुन्छ राष्ट्रिय राजनीतिमा आएका राष्ट्रिय विषय घटना परिघटना बारेमा उस्को आफ्नो दृस्ठिकोण हुन्छ अग्रगमन कि पस्चगमन तर्फ जाने भन्ने कुरा उसको दस्तावेज मा हुन्छ कस्तो समाज कस्तो राज्य व्यवस्था कस्तो खाल्को राज्य संरचना लगाएत सम्पुर्ण कुराको उसले आफ्नो खाका र धारणा हुन्छ कस्तो परिस्थितिमा आफू कुन भुमिका रहने र त्यहाँ बाट आउने र उत्पन्न हुने परिमाण बारे नापजाँच अथवा गरिएको हुन्छ ।
उनीहरु राजनीतिक रूपमा अपरिपक्व छन भन्ने कुरा एमसिसी देखि अन्य विभिन्न गम्भीर प्रकारका विषय र राष्ट्रिय सवालका विषयमा मौन हुनु वा देखिनुले पनि स्पष्ट पार्दछ अर्कोकुरा नयाँहरु स्वाभाविक रूपमा पुराना भन्दा फरक हुनुपर्थ्यो फरक हौ भन्ने कुरा राष्ट्रिय राजनीतिमा उनिहरुले आफुलाइ दर्ज गराउन सक्नुपर्ने थियो यी थुप्रै कुरामा उनिहरु पछाडि परे तसर्थ राजनीति सम्पुर्ण कुराको निर्धारण गर्ने सबैभन्दा महत्त्वपूर्ण पाटो हो त्यो अभिभारा नयाँ युवा पुस्ता र नयाँ दलहरूमा देखिएन उनिहरुपनी उहीँ पुरानै परम्परागत राजनीति भन्दा फरक हुन नसक्नुले पनि उनीहरुको आफ्नै अस्तित्व रक्षा गर्न धौधौ पर्ने देखिन्छ राजनीति भावनामा डुबेर गरिने कुरा होइन यो निर्मम र निर्णयक आवश्यकता अनुसार बन्दै नयाँ गति पैदा गर्ने माध्यम हो त्यो संभावना देखिएन तसर्थ पनि भावनात्मक रूपमा केही युवा पुस्ताको मन जित्न सके पनि सक्लान् पनि तर यो दीर्घकालीन हुने देखिन्छ अझ धेरै लामो अध्यन संघर्ष र परिमार्जन आवश्यक छ ।
यी तमाम कुराको गम्भीरतापूर्वक समिक्षा गरेर नयाँ बाटो तयार गर्न सकेनन् भने अन्तत हाती आयो हाती आयो फुस्स भन्ने नेपाली उखान चरितार्थ हुने निश्चित देखिन्छ तसर्थ राजनीति आवेग उत्तेजना र भावनात्मक भन्दा फरक हो राजनीतिले सिङ्गो राज्यको निर्धारण गर्ने कुरा हो यो कुनै मजाकको विषय होइन र हुन सक्दैन यसर्थ पनि तत्काल नै राजनीतिक अवस्था सुधार र परिवर्तन हुने संभावना देखिन्न किनकि जुन संघ संस्था वा राजनितीक दलले राज्य वा समाजको सेवा गर्दैन जनताको भावना चाहाना अनि समसामयिक परिस्थिति बारेमा निकास निकाल्न सक्दैनन् भने राज्य र उसको लक्ष्यित वर्ग वा समुदाय अथवा क्षेत्र को सेवा र प्रतिनिधित्व गर्न सकेन भने ढिलो चाडो उ पतन कै बाटोमा पुग्ने कुरा दुनियाँका कुनै पनि शक्तिले उसलाई बचाउन र रक्षा गर्न सक्दैन ।
अन्त्यमा यी सबै घटनाक्रम लाई हेर्दा र नियाल्दा राजनीतिमा पुन अर्को नयाँ शक्तिशाली शक्तिको आवश्यकतालाई अस्वीकार गर्न सकिदैन भने आमूल परिवर्तनको बाटो अबलम्बन गर्दै जाने र सम्पुर्णमा समस्याहरुको समाधानको निम्ति बैज्ञानिक राजनीति दलको आवश्यकता जरुरी छ । किनकि समाजलाई बैज्ञानिक समाजवाद मार्फत मात्रै उचित निकास र न्याय दिलाउन सम्भव छ ।
लेखक – समर्पण भट्टराई नेपाली मजदुर एकता समाजका केन्द्रिय महासचिव हुन ।