प्रिया राना

शुक्रबार २८ कार्तिक काठमाडौ । लामो समय देखि प्रवासमा रहेर समजसेवा सङ संगै नेपाली भाषा, साहित्य र संस्कृतिको रक्षा गर्नको निम्ती निरन्तर सक्रिय रूपमा खटिरहेकी यशु थापाको दोस्रो गीति एल्बम ‘बदनाम’ सार्वजनिक भएको छ । बेनेलक्स र यूरोपीयन यूनियनका लागि नेपाली राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्सस्थित नेपाली राजदुतावासमा २५ गते बिमोचन गरिएको थियो । विश्वभर चलिरहेको कोरोना माहामारीको यो कठीन र संवेदनशील समयमा पनि सामाजिक दूरी कायम गर्दै निकै सावधानीपूर्वक विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै बेल्जियमलाई नै आफ्नो कर्मथलो बनाई नेपाली भाषा साहित्यमा सक्रिय रूपमा कलम चलाइरहनु भएका अग्रज नेपाली साहित्यकार बिमल गिरीले कोरोना कहरले गर्दा आफू उपस्थित हुन नसकेपनि लामो प्रतिक्रिया सहित विशेष बधाई तथा शुभकामना दिनुभएको थियो । समाजसेवी तथा नेपाली मजदुर एकता समाजकी बेल्जियम संयोजक समेत रहनु भएकि यसु थापा द्वारा प्रस्फुटित शब्दहरूले स्रोताको मन मुटु छुदै आएका छन । उहाँ साहित्य संगै कसैलाई सहयोग गर्न कहिल्यै कन्जुस्याई नगर्ने यसुले दिलोज्यान दिएर दुःखी पीडितको लागि पनि निरन्तर सहयोग गर्दै आउनु भएको छ ।

विगत दुई दशक यता तिज विशेष गीतहरुमा पनि कलम चलाउदै आउनु भएकी थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै बहुचर्चित गायक गायीकाहरुले समेत गाइसकेका छन। उहाँको पहिलो गीति एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो । विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का छन् ।

पूरा भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय