मलेसिया- रोजगारीको लागि मलेसिया पुगेका एक नेपालीको शुक्रबार मृत्यु भएको छ ।जिल्ला सिरहा धनगढीमाई वडा न १२ घर भएका ३८ बर्षिय खिल बहादुर शाहीको शुक्रबार मृत्यु भएको हो।

डमरु रिसोर्स प्राली मार्फत रोजगारीका लागि आएका शाहि अल्फा फोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेका थिए ।
उनी सेलाङ्गरको साहआलम सेक्सन २ मा सेक्युरिटिगार्डको रुपमा कार्यरत थिए ।

साथीहरुलाई पनि कोरोना पोजेटिभ आएर क्वारेन्टाईनमा वसेको भएपनि उनले कोरोना परीक्षण गर्न नमानेको उनी सगै काम गर्ने साथीहरुले वताएका छन ।कोठामै वसिरहेको अवस्थामा शुक्रवार दिउसो उनको मृत्यु भएको हो ।शाहिमा दुई दिन अगाडि देखि रुघाखोकि र ज्वरोको लक्षण देखिएको थियो ।

शाहीको परिवारमा श्रीमती र ३वटा छोरा छन । शवलाई पोसमार्टमको लागि अस्पतालमा लगिएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय