माल्टा/ वैदेशिक रोजगारीका सिलसिलामा युरोपको माल्टामा कार्यरत रहेका नेपाली मजदुरहरुको समुहले दुई मृगौला पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । गत ९ महिना अघि युएइबाट माल्टा आएका तेज विक्रम खड्काको सक्रियतामा आर्थिक संकलन गरिएको हो ।

मजदुर समूहबाट सकंलन भएको नेपाली सत्तरी हजार रुपैयाँ नेपाल काठमाडौंकी दिल माया थापा मगर र दाङका नरेन्द्र बहादुर जिसिलाई जनही सैतीस हजार पाँच सय,सैतीस हजार पाँच सय उपचारको सहयोग गरिएको समूहका सञ्चालक खड्काले जानकारी दिएका छन ।

विगत केही बर्ष देखी मृगौला फेल भएर उपचाररत रहेमा दुबै बिरामीहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या हुँदा परिवारले सहयोगको लागि अपिल गरेसँगै माल्टामा रहेको नेपाली मजदुरहरुले उक्त रकम जुटाइएको उनको खड्काको भनाई छ ।

माल्टामा नेपालीहरुको समस्याहरुमा सहयोग पुग्ने देखेर यस समूहको निर्माण गरेको उनी बताउछन् । हाल सम्म यस समूहबाट माल्टामा समस्यामा रहेका नेपालीहरुको समस्या समाधानमा सहयोग पुग्दै आइरहेकाले अझै साथीहरुलाई यस समूहमा जोडिन समेत संचालक खड्काले आग्रह गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय