१६ भदौ काठमाडौ । हिन्दु नारी हरुको विशेष चार्ड हरितालिक तिज नजिकिए संगै तिज विशेष गितहरु सार्वजनिक हुने गरेका छन । यस्तै क्रममा चिरन पुनको प्रगतिशिल तिज गीत ‘हेपिएका चेली‘ बिहिवार सार्वजनिक भएको छ।
चिरन पुन अफिसियल युटुव च्यानल मार्फत उक्त प्रगतिशिल तिज गीत –२०८० ‘हेपिएका चेली‘ साार्वजनिक भएको हो गित संगीत मनोरञ्जनका साधन मात्रै होइनन् आमूल परिवर्तनका सम्भाहक पनि हुनुपर्छ र बनाइनुपर्छ भन्ने उद्देश्यले उक्त गित निर्माण गरिएको निमार्ण पक्षले बताएको छ ।
उक्त गितले समाजमा हुने गरेका घटना र समस्याहरु लाई समेत उजागर गरेको छ । नेपाली जनवादी गीत सङ्गीतको क्षेत्रमा निकै लामो समयदेखि सकृय वरिष्ठ जनवादी गीतकार तथा सङ्गीतकार चिरन सीको शव्द तथा सङ्गीत रहेको गीतमा आवाज भने मेस्मा पुनले दिएकी छिन् । गीतको संगीत संयोजन अहिलेका चर्चित एरेन्जर नारायण दङ्गालको रहेको छ र कोरश भोकलमा सारदा रसाईली तथा जयन्ता मगरले साथ दिएकी छिन् । मिक्सिङ तथा मास्टरिङको क्षेत्रमा नाम कमाउन सफल चन्द्र चौधरीको गीतमा मिक्सिङ तथा मास्टरिङ गरेका छन् । अकेस्टिक, नेपालमा रेकडिङ भएको गीतको रेकर्ड दिल समर्पण र राजाबाबु मिलेर गरेका हुन ।
यस्तो रहेको छ प्रगतिशील तिज गित हेपिएका चेली बाकी भिडियो मार्फत ।