
मलाई असाध्यै मेरो देशको माटो प्यारो लाग्छ
डन्डिबियो खेल्दा जसरी भाटो प्यारो लाग्छ !
यहाँका गाडी चल्ने चिल्ला सडक भन्दा पनि
सधैं हिँडडुल गर्ने गाउँको बाटो प्यारो लाग्छ !
सबैले नयाँ खुलेको डिजाइन भन्दै लगाउछन्
मलाई म सङ्गै भएको लुगाफाटो प्यारो लाग्छ !
राजालाई रानी प्यारो लाग्छ रानीलाई राजा
हो त्यस्तै लाटी मान्छेलाई लाटो प्यारो लाग्छ !
रहरले खाको होइन मैले प्रदेशमा पिजा वर्गर
मलाई त गाउँ घरकै पिठो आटो प्यारो लाग्छ !
अर्जुन सिहं अनुरागी, मलेसिया