
✍अर्जुन सिंह अनुरागी
गाँउ घरमा दशै आउछ प्रदेशमा काम आउछ
यो सत्य कुरा काम गरे पछि मात्र दाम आउछ
बाबु आमा थिए जाउलो थिएन छैनन् बाबू आमा
अहिले छोरा आउछ काम संङ्गसङ्गै माम आउछ
प्रदेशमा आफ्नो भन्नु एक इमानदार साथी हो
परिवारको त कहिलेकाही चिट्ठी र खाम आउछ
दुख गरे पछि सुख आउछ भन्छु संघर्ष गर्नुस्
जसरी औसिको रात चिरेर उज्यालो घाम आउछ
तिमी बाचुन्जेल सम्बन्ध र सम्पर्क नभए पनि
खै कसरी हो मरेपछि मलामीको लाम आउछ